

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

बाजुरा – ट्याक्टर दुर्घटना हुँदा बाजुरामा चार जनाको मृत्यु भएको छ।
आइतबार साँझ बडीमालिकाको मार्तडी गौमुल जाने सडक अन्तरगत खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्काेलाई ओभरट्याक गर्दा दुवै ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको हो।
उक्त दुर्घटनामा सुप्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले जनाए । उक्ट ट्याक्टर खोलामा खसेको थियो ।
उनका अनुसार मृत्यु हुनेमा तीन जना पुरूष र एक महिला छन्।
यस्तै अर्काे लु ३ त ७३०५ नम्बरको ट्याक्टर पनि दुर्घटना भएर भित्तामा बजारिएको छ। सो ट्याक्टर दुर्घटनामा के कति क्षति भयो भन्नेबारेमा जानकारी प्राप्त हुन बाँकी छ।
हाल प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले उद्धारको काम गरिरहेको छ।

