


ग्रीस पठाईदिन्छु भनी १३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि ग्रीस पठाइदिने भन्दै १३ लाख बढी ठगी गर्ने गोरखाका होमबहादुर तामाङ पक्राउ परेका छन् ।
प्रहरीका अनुसार तामाङले लक्ष्मण सापकोटालगायतका व्यक्तिलाई ग्रीस पठाइदिन्छु भनी १० लख ५० हजार र ग्रीस पुगेपछि काम लगाइदिने भन्दै १ लाख १५ लाग्छ भन्दै उनीहरुसँग पटकपटक गरी १३ लाख ८४ हजार रकम लिएर फरार रहेका थिए ।
त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा बिहीबार दिउँसो महाराजगञ्जबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले जनाए । तामाङलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाइएको छ ।

