अध्यागमनका कर्मचारीसँग सेटिङ गरेर विदेश पठाउने ट्राभल्स सञ्चालकसहित २ पक्राउ


काठमाडौं – भिजिट भिषामा विदेश ‍जान लागेका युवा युवतीहरुलाई नक्कली कागजात बनाई अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीहरुसँग सेटिङ मिलाई विदेश पठाउने कार्यमा संलग्न २ जना पक्राउ परेका छन् ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एक टोलीले नक्कली कागजात तयार गरी विमानस्थलमा कार्यरत कर्मचारीहरुलाई सेटिङ गरी मानव तस्करी गरेको अभियोगमा काभ्रे जिल्ला पाँचखाल घर भई हाल बौद्ध बस्दै आएका निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ (लामा)र रामेछाप घर भई हाल गोकर्णेश्वर बस्दै आएका सोही ट्राभलका कर्मचारी पदम लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले विमानस्थलका कर्मचारीसँग सेटिङ गरेर नक्कली कागजातको आधारमा प्रतिब्यक्ति ४० हजार देखि ५५ हजार सम्म लिई उडाउन सहजता प्रदान गरेको देखिँदा  मिति २०८०।०८।२७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थाल अध्यागमन कार्यालयका अधिकृत नर बीर खडकालाई यस कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान गर्दै आएकोमा निज नर बीर खड्का मार्फत ३०० जना सेटिङ मिलाएर पठाएका निमा छिरिङ ट्राभल्सका संचालक तामाङ ९लामा० र निज कै ट्राभल्समा काम गर्ने निजको सालो नाता पर्ने पदम लामालाईपक्राउ गरी लिखित सम्बन्धी कसुर समेतका अपराधमा आवश्यक कारवाहीको लागि प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया