

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, यी एजेन्डाका लागि पुस १२ गते बैठक बस्ने

काठमाडौं — नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक बोलाएको छ।
केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले राष्ट्रिय सभा चुनावमा उम्मेदवार चयन, अरू दलहरूसँगको गठबन्धनलगायतका विषयमा छलफलका लागि आउँदो पुस १२ गतेदेखि बस्ने गरि केन्द्रीय समिति बैठक बोलाएको जनाइएको छ ।
यसका साथै कार्यसम्पादन समिति बैठकले पुस १६ देखि १९ सम्म गने भनिएको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने गरी सार्ने निर्णय गरिसकेको छ।

