बालकृष्ण खाँणले अदालतमा बुझाए ३० लाखको बैंक ग्यारेन्टी


काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त, पूर्व गृहमन्त्री बालकृष्ण खाणले काठमाडौं जिल्ला अदालतमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन् । उच्च अदालत पाटनको आदेशानुसार खाणले शुक्रबार काठमाडौं जिल्ला अदालतमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका हुन् ।

पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश उल्ट्याउँदै उच्च अदालतले बिहीबार उनलाई ३० लाख धरौटीमा रिहा गर्ने आदेश सुनाएको थियो ।

अदालतमा उनले धरौटी रकम अनुसारको बैंक ग्यारेन्टी बुझाएपनि तत्काल उनी छुट्ने छैनन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपस्थित गराएपछि मात्र छाडिने केन्द्रीय कारागारले जनाएको छ ।

प्रतिक्रिया