संसद्का महासचिव डा गौतमको राजीनामा स्वीकृत


काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुने गरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुने गरी राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गौतमले गत आइतबार राष्ट्रपति कार्यालयलाई राजीनामा बुझाएका थिए।

प्रतिक्रिया