ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ


काठमाडौँ – नक्कली सर्टिफिकेट प्रकरणमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन् ।

ब्याचलरको नक्कली सर्टिफिकेट बनाएर दुरुपयोग गरेको आरोपमा प्रहरीले मंगलबार गहतराजलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गहतराजलाई मंगलबार अपराह्न सिंहदरबारबाट पक्राउ गरिएको हो ।

उनीमाथि स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसन लगायतको कागजात किर्ते गरेको उजुरी परेको थियो ।

 

प्रतिक्रिया