
एक घण्टामै दुई अर्बभन्दा बढीको सेयर कारोबार
काठमाडाैं- आइतबार इन्डेक्समै सर्किट लागेर कारोबार बन्द भएको सेयर बजारमा आज पहिलो घन्टा मै दुई अर्ब बढीको कारोबार भएको छ ।
लामो समय न्यून विन्दुमा उठाइएको सेयरमा ट्रेडरले प्रोफिट बुक गर्दा इन्डेक्समा पनि गिरावट आएको छ । तर पहिलो घन्टामै कारोबार भोल्युममा उल्लेख्य वृद्धि हुँदा सप्लाई सकिएसँगै बजार बिस्तारै बढ्दै जाने अपेक्षा गरिएको छ ।
१२ बजेर १२ मिनेट जाँदासम्म दुई अर्ब २६ करोड बढीको कारोबार भइसकेको छ
आइतबार लगातार तेस्रो सर्किट ब्रेक लागेर बजार १२ः२७ बजे नै दिनभरिका निम्ति बन्द गरिएको थियो । आइतबार ९ मिनेटको सेयर कारोबारमा एक ४८ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।



कागजपत्र |
