
पाेखराबाट बस चोरेर चितवन पुर्याएपछि…
चितवन – १७ वर्षका एक बालकले पोखरास्थित पृथ्वीचोकमा पार्किङ गरी राखेको ठूलो बस नै चोरेर चितवन पुर्याएका छन् ।
शनिबार राति पोखरा महानगरपालिका–९ पृथ्वीचोक स्थित पार्किङ गरी राखेको ग१ख ९६३८ नम्बरको बस चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ खोजतलास गर्दा भरतपुर महानगरपालिका–११ आँपटारी स्थितबाट चितवन प्रहरीले फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार म्याग्दे गाउँपालिका–३ तनहुँ १७ वर्षका एक बालकले चलाउँदै लगिरहेको अवस्थामा आँपटारीबाट उक्त बस फेला पारेको हो ।
प्रहरीले बससहित पक्राउ परेका १७ वर्षीय बालकलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट म्याद थप गरेर चोरी तथा डाँका सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाएको जनाएको छ ।



कागजपत्र |
