
ब्ल्याङ्क्वेटले बेरेको अवस्थामा युवतीको शव फेला, पहिचानका लागि गोरखा प्रहरीद्वारा तस्बिर सार्वजनिक
गोरखा – गोरखाको पालुङटार एक युवतीको शव भेटिएको छ ।
पालुङटार -६ कुमालटारीस्थित गोरेटोबाटोमा बिहीबार करिब ३०-३२ वर्षकी जस्तो देखिने युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
गोरेटोको बाटो छेउमा ब्ल्यांकेटले बेरेको अवस्थामा भेटिएको शवको सनाखत हुन नसकेको भन्दै गोरखा प्रहरीले फेसबुकमार्फत् शवको तस्बिर सार्वजनिक गरेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
