

विद्यार्थीलाई घरमै गएर कुट्ने शिक्षकविरुद्ध मुद्दा दायर

परासी– विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरेर पश्चिम नवलपरासी प्रहरीले मुद्दा दायर गरेको छ । जिल्लाको सरावल गाउँपालिका–७ स्थित बर्दघाट कालिका ईङ्गलिस बोर्डिङ्ग स्कुलका सहायक प्रधानाध्यापक निरञ्जन यादवलाई पक्राउ गरेर मुद्दा चलाइएको हो । उनीविरुद्ध बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ अनुसार बालबालिका सम्बन्धी कसुरमा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।
अभिभावकको जाहेरीको आधारमा शिक्षक यादवलाई प्रहरीले बालबालिकासम्बन्धि कसुरमा मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी काजीकुमार आचार्यले बताए ।
कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई यादवले शिक्षकले विद्यालय नआएको भन्दै घर र विद्यालयमा निर्घात कुटपिट गरेका थिए ।

