एनसेल प्रकरण्मा चौधरी ग्रुपको धारणा यस्तो


काठमाडौं- चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल प्रकरणमा आफ्नो मुख खालेका छन् ।  उनले यस प्रकरणले नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको धारणा राखेका छन् ।

बिहीवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै चौधरीले निःशुल्क भ्वाइस र एसएमएस तथा ५० प्रतिशत सस्तोमा डेटा उपलब्ध गराउने वाचा गरेको कम्पनी (सीजी)लाई स्वीकृति नदिएको भन्दै एनसेल प्रकरणमा संलग्न पात्रले नै सीजीलाई स्थापित गर्न नदिएको आरोप लगाएका हुन् ।

‘सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डेटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ। हेर्दै जाऔँ, अरु के के देख्न पाइने हो । एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन्, जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन्’ उनले लेखेका छन् ।

उनले अहिले आएको अवस्थाकै लागि सीजी टेलिकमलाई सबै मिलेर रोकेको आरोप लगाए । उनी लेख्छन्, ‘देशमा अहिले तँ कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।’

 

प्रतिक्रिया