
नेपाल एयरलाइन्सको जहाज किन्ने प्रक्रिया अघि बढ्यो, तीन कम्पनीले हाले टेन्डर
काठमाडौं- नेपाल वायुसेवा निगमले छोटो धावनमार्ग भएका दुर्गम, पहाडी तथा हिमाली भेगका विमानस्थलमा उडाउन तीन वटा जहाज खरिदका लागि प्रस्ताव आह्वान गरेको थियो । जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा तीन वटा कम्पनीको आवेदन परेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार लेट ४१०, डोर्नियर र ट्विनअटर गरी तीन वटा जहाज उत्पादक कम्पनीको प्रस्ताव आएको हो ।
निगमले गत कात्तिक ५ गते ४५ दिने सार्वजनिक सूचना जारी गर्दै तीन वटा जहाज खरिदको अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेको थियो । उक्त समयावधिमा विभिन्न तीन वटा कम्पनीले टेन्डर हालेका हुन् ।
अब खरिद प्रक्रिया अघि बढ्ने निगमले जनाएको छ । निगमका प्रवक्ता पौडेलका अनुसार मूल्यांकन कमिटीले नियमअनुसार आवेदन दिएका कम्पनीहरूको मूल्यांकन गरिसकेपछि खरिद प्रक्रिया अघि बढ्नेछ ।
हाल नेपाल एयरलाइन्सले दुई वटा ट्वीनटर विमानबाट सेवा दिँदै आएको जनाएको छ ।



कागजपत्र |
