मोदीको तस्वीर समेत राखेर अन्तरिक्षमा पठाइयो श्रीमद्भगवद्गीता


नयाँदिल्ली – श्रीमद्भगवद्गीताको ईबूकलाई एसडी कार्डमा राखेर अनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर समेत राखेर भारतीय अन्तरिक्ष नियोग इसरोले आइतवार न्यानोस्याटेलाइट अन्तरिक्षमा पठाएको छ ।

रकेटमा इसरोका अध्यक्ष के सिवन र विज्ञान सचिव आर उमामहेश्वरनको नाम पनि कुँदिएको छ । सतीश धवन स्याट स्पेस किड्ज इन्डियाले बनाएको हो ।

मोदीको नाम र गीताको ईकपी टप प्यानलमा छ । २५ हजार व्यक्तिको नाम अन्य प्यानलहरूमा छ । पीएसएलभी–सी५१ अमेजोनिया–१ मिसन इसरोले सन् २०२१ मा अन्तरिक्षमा गरेको पहिलो प्रक्षेपण हो । यसले कुल १९ भूउपग्रह अन्तरिक्षमा पठाएको छ । एजेन्सी

प्रतिक्रिया