न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद


काठमाडौँ – न्यूरोडबाट  करिब ७ किलो अवैध सुन बरामद भएकाे छ ।

न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ७ किलो अवैध सुन बरामद गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए । प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रिया पुर्‍याएर जोख्ने काम भइरहेको र त्यसअघि एकिन परिमाण आउनेछ ।

प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ । सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया