तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा


काठमाडौँ – काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ ।

गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर एक जनालाई पक्राउ गरेको छ ।

कारखाना सञ्चालकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए ।

प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको छ ।

सुनको परिमाण प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया