नेप्से ४०.६४ अंकले बढ्याे, तर घट्यो कारोबार रकम


काठमाडौं – सोमबार नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ४० दशमलव ६४ अंकले बढेको छ । आज कारोबारको केही समय ओरालो लागेको परिसुचक अन्तिम समयसम्म आइपुँग्दा १ दशमलव ६४ अंकले बढेर २५१५ दशमलव ०३ बिन्दुमा पुगेको छ । आज नेप्सेको कारोबार २४७४ दशमलव ३९ को बिन्दुबाट सुरु भएको हो ।

अन्तिम समयसम्म आउँदा सेन्सेटिभ ६ दशमलव ४७ अंकले बढेर ४५३ दशमलव ७५ का बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ उपसमुह मध्ये सबै उपसमुह उकालो लागेका छन् । अन्तिमा समयसम्म कारोबारमा आएका २०९ कम्पनी मध्ये १६३ कम्पनीको शेयरमुल्य बढेको छ भने ४ कम्पनीको शेयरमुल्य घटेको छ ।

३ बजेसम्म १ करोड १८ लाख ३८ हजार कित्ता शेयर ७० हजार ३३९ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ६९ करोड २३ लाख रुपैंया बराबरको कारोबार भएको छ । कोराबारमा आएका कम्पनीमध्ये ४४ करोड ४८ लाख रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।

प्रतिक्रिया