
शेयर बजारमा सामान्य गिरावट, ९६ करोडको काराेबार
काठमाडौं – साताको दोस्रो दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकले घटेको छ। आज नेप्से ३.४२ अंकले घटेर १८४७.८१ विन्दुमा ओर्लिएको छ। आइतबारको तुलनामा सोमबार भने कारोबार रकममा सुधार आएको छ। आज दिनभरमा १ अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
समाज लघुवित्त, तेह्रथुम पावर, मोलुङ हाइड्रोपावर र हिमालयन हाइड्रोपावरका लगानीकर्ताहरुले बढी कमाएका छन् भने एनआरएन इन्फ्रास्ट्रक्चर, माउन्टेन एनर्जी, इङ्वा हाइड्रोपावर र इमर्जिङ नेपालका लगानीकर्ताहरुले बढी गुमाएका छन्।
आज १२२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ वटाको घटेको छ। ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
सोमबार सोनापुर मिनरल्स, हिमालयन डिस्टिलरी, सिटिजन लाइफ इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र शिवम् सिमेन्टको सेयर धेरै कारोबार भएको छ। नेप्से आइतबार पनि घटेको थियो। गत साता लगातार चार दिन घटेको नेप्से आइतबार ७.२९ अंकले घटेको थियो। सोमबार ९६ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको थियो।



कागजपत्र |
