हाकिम हुनु त एसएसपी भूपेन्द्र खत्री जस्तो…


काठमाडाैं – शनिबार राजधानीको कालीमाटीस्थित वान सिनेमा हलमा एउटै र उस्तै उमेर समूहका १५ जना लाइन लागेर पुगे । अनि फिल्म हेर्न थाले ।

मुलुकको सबैभन्दा संवेदनशील र संघीय राजधानीको शान्ति सुरक्षाको कमाण्ड सम्हालेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले जुनियर कर्मचारीहरुलाई शनिबारका दिन रिफ्रेसमेन्टका लागि फिल्म हेर्ने व्यवस्था मिलाए । जुनियर तहका कर्मचारी वास्तवमा फिल्डमा खटिएर काम गरिरहेका हुन्छन्, जहिले प्रेसरमा काम गरिरहनु पर्नेलाई एसएसपी खत्रीले केही हदसम्म भए पनि मनोरञ्जन र रिफ्रेस होस् भनेर अनेक उपाय अपनाउँदै आएका छन् ।

यसअघि बेलाबखत हाइकिङ, पिकनिक जस्ता अतिरिक्त क्रियाकलापको व्यवस्था गरिँदै आएकोमा यसपटक भने फरक शैली अपनाइएको थियो ।

वास्तविक फिल्डमा खटिएर देश अनि जनताको काम गर्ने जुनियरहरुको समस्याबारे माथिल्लो निकाय जानकार भएर बुझिदिँदा छुट्टै उत्साह र उर्जा पैदा हुने गर्दछ, सोही बिधी एसएसपी खत्रीले अपनाउने गरेका छन् ।

एसएसपी खत्रीले परिसर र नगर प्रहरीमा कार्यरत प्रहरी कर्मचारीमध्येबाट १५ जनालाई सो अवसर प्रदान गरेका हुन् । कर्मचारीलाई हौसला र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत आफूले फरक–फरक ढंगले मनोरञ्जनात्मक कार्यक्रम मिलाउने गरेको बताए ।

यसअघि पनि जुनियर कर्मचारीहरुको हितका लागि तनाव व्यवस्थापन तालिमका साथै हाइकिङ, पिकनिक, मनोपरामर्श र महिला कर्मचारीलाई स्यानिटेशनसम्बन्धी सामग्रीहरू प्रदान गर्ने लगायतका विभिन्न कार्यक्रम गर्दै आएको पनि एसएसपी खत्रीले जनाए।

एसएसपी खत्रीले जस्तै अन्य अधिकृतहरुले पनि मातहतका कर्मचारीको समस्या र मनोविज्ञानलाई बुझेर विभिन्न कार्यक्रमहरु ल्याउन सकेको खण्डमा उनीहरुलाई काम गर्नका लागि उत्साह र उर्जा पैदा हुने एक पूर्व प्रहरीले बताए । ‘यस किसिमको कार्यबाट तल्ला तहका कर्मचारी रिफ्रेसमात्र हुने होइन आउँदा दिनमा झन् खटेर काम गर्दछ,’ उनले भने ।

 

प्रतिक्रिया