नुवाकोटसहित काठमाडौँ वरपरका क्षेत्रको विकासमा गम्भीर छौँ : अर्थमन्त्री महत


नुवाकोट – अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय राजधानी काठमाडौँ वरपरका नुवाकोटसहितका जिल्लाको विकासका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

शनिबार पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘राजधानी काठमाडौँसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो । नजिक भएर पनि पछाडि परेको हो । टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो, त्यहाँका अगुवाहरूले शिक्षामा लगानी गरे । पढ्ने लेख्ने कामलाई प्राथमिकता दिए । तर काठमाडौँ वरिपरीकाको आम्दानीको मूल स्रोत जग्गाजमिन थियो ।’

पहिले काठमाडौँमा राणाहरूको नजिक रहेकाहरू र राणालाई रिझाउनेहरूले चाकरी गरेबापत पुरस्कारका रुपमा जमिन माग्ने गरेको भन्दै उनले उब्जनी सहजै काठमाडौँ पुर्‍याउन सक्ने ठाउँको जमिन उनीहरूले पाउने गरेको इतिहास रहेको बताए ।

नुवाकोटमा काठमाडौँसँग जोडिएको उब्जाउ रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले काठमाडौँ बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरू धेरै भएको बताए ।

प्रतिक्रिया