ट्रमा सेन्टर प्रमुख डा. रिजालको अनियमितताविरूद्ध उजुरी


काठमाडौं – मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टर अनियमितता र भ्रष्टाचारले थिलोथिलो भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमातहत सञ्चालनमा रहेको भए पनि पछिल्ला दिनमा मेडिकल माफिया र निजि अस्पताल सञ्चालकको कब्जामा रहेको भान पर्न थालेको छ । जसको नियन्त्रण गर्नुपर्ने स्थानमा बसेर पनि बेवास्ता गर्दै ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालले उल्टै प्रश्रय दिएको जनाइएको छ ।

निजी अस्पतालका सञ्चालक समेत रहेका डा. रिजालले इमरर्जेन्सीमा आउने बिरामीहरुलाई विभिन्न झन्झट र बेड नभएको बहानानामा आप्mनो निजी अस्पतालमा जान बाध्य बनाउने गरेको जनाइएको छ ।

भनसुन र संयोगबश बेड पाएका बिरामीहरुलाई लामो समयसम्म अपरेसन नगरि राखिने गरेको र अपरेसन गर्नु परे पनि अपरेसनका लागि आवश्यक पर्ने सामाग्रीहरु आप्mनै सम्पर्कका व्यापारीमार्फत बिरामीहरुलाई बेडमै किन्न बाध्य बनाइने गरेको भुक्तभोगीहरु बताउँछन् ।

वेडमा भर्ना गरेका र ओपिडिमा  उपचार र अपरेसन गर्न आउने विरामिलाई अहिले वेड खालि छैन पालो ४÷५ महिना लाग्ने बताउँदै तुरुन्त उपचार गर्नुपर्ने कतिपय बिरामीहरुलाई महंगो शुल्कमा अपरेशन चार्ज र आफूलाई कमिशन आउने पसलमा गएर अपरेशनका सामाग्रीहरु किन्न लगाइने गरेको पनि गुनासो डा. रिजाल नियुक्ति भएदेखि देखिएपछि वीर अस्पताल र ट्रमा सेन्टरकै कर्मचारीहरुले डा. रिजालविरुद्ध प्रतिष्ठानका उपकुलपति ,रजिस्ट्रार ,प्रधानमन्त्री कार्यलय ,मुख्य सचिव,, संसदीय समिति, अख्तियार दुरुपयोग आयोग, सर्तकता केन्द्र, खरिद कार्यालय, स्वास्थ्य मन्त्रालय, सम्पत्ति शुद्धीकरण, स्वास्थ्य सचिव  लगायतमा उजुरि दिएका छन् ।

साथै उजुरीमा डा. रिजालले कर्मचारी नियुक्तिदेखि अस्पतालले  खरिद गर्ने विभिन्न सामाग्रीहरु खरिदका लागि सेटिङमा टेण्डर निकाल्ने र उनका अनियमितताविरुद्ध आवाज उठाउने कर्मचारीहरुलाई सरुवा गर्ने वा भौतिक आक्रमण गर्नेसम्मको धम्की दिने गरेको एक कर्मचारीले जनाएका छन् ।

 

प्रतिक्रिया