विमानस्थलबाट ८ लाख भारतीय रूपैयाँसहित २ जना भारतीय पक्राउ


काठमाडौं – काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख भारतीय रूपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

बिसतारा एयरको उडानबाट दिल्ली जान लागेका ३५ वर्षीय धर्मेन्द्र नागर र ४२ वर्षीय पंकज गुप्ता बिहीबार दिउँसो विमानस्थलबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रहरीका अनुसार धर्मेद्र नागरको साथबाट ५ सय दरका ७५७ थान, दुई सय दरका २३० थान र १ सय दरका ६७० थान गरी जम्मा ४ लाख ९१ हजार ५०० भारतीय रुपैयाँ बरामद भएको छ । यसैगरी पंकज गुप्ताको साथबाट ५ सय दरका ६१७ थान गरी ३ लाख ८ हजार ५०० भारतीय रूपैयाँ बरामद भएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड व्याग चेकिङ एरियामा जाँच गर्ने क्रममा उनीहरुबाट भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया