एक खेल अगावै भारतलाई टी-२० सिरिज


एजेन्सी – घरेलु टोली भारतले अस्ट्रेलियासँगको पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ ।

हिजो भएको चौथो खेलमा भारतले अस्ट्रेलियालाई २० रनले हराएको हो ।

भारत शृङ्खलामा ३–१ ले अघि छ । जितका लागि एक सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५४ रन मात्रै बनाउन सक्यो ।

भारतले अस्ट्रेलियालाई पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हराएको थियो ।

अस्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । पाँचौँ तथा अन्तिम खेल भोलि हुनेछ ।

प्रतिक्रिया