माल्टा पठाउँछु भन्दै ६ लाख असुलेर भागेकी महिला पक्राउ


काठमाडौं- माल्टा पठाउने भन्दै ठगी गरेको अरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिकाकी २९ वर्षीया लक्ष्मी श्रेष्ठ रहेकी छन् ।

काठमाडौंस्थित बाफल बस्दै आएकी उनले कुलमान कुमालसहित दुईजनाबाट ६ लाख आठहजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

दुईजनालाई माल्टा जान  ९ लाख रुपैयाँ लाग्ने बताएकी उनले प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक पारिश्रमिक एक लाख रुपैयाँ हुने आश्वासन दिएकी थिइन् ।

तर, रकम लिएपछि सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीकहाँ पुगेका थिए । थप अनुसन्धान तथा कारबाहीका लागि लक्ष्मीलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया