एकथरी ‘कम्फर्टेबल’ सरकार बनाएर स्वाधिनतालाई अपदस्त गर्न चहान्छन्ः गृहमन्त्री बादल


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले एकथरी कमरेडहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित गरी कम्युनिस्ट सरकार गिराउने प्रयासमा रहेको बताएका छन्।

सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने,‘ एकथरी कमरेडहरू ‘कम्फर्टेबल’ सरकार बनाएर स्वाधिनतालाई अपदस्त गर्न चहान्छन्। यसले राष्ट्रवाद, कम्युनिस्टले पाएको जनताको अभिमतको अपमान गरेको छ।’

एउटा अन्तरवार्तामा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समीकरणले बन्ने सरकार नै भारतका लागि कम्फर्टेबल हुने बताएकोप्रति बादलको व्यंग्य थियो।

देशको विकासका लागि कम्युनिस्ट पार्टीलाई दुई तिहाई बहुमत दिएको बताएका उनले भने,‘अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेर अविश्वासको प्रस्ताव अगाडि बढाउनेहरूलाई गल्ती ठानेर सच्चिने मौका दिएको छ।’

उनले यो अवसरलाई उपयोग गर्दै २६ भदौमा फर्किनका लागि पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतलाई फर्कनका लागि अपिल गर्दै भने,‘तपाईहरू आत्माआलोचना गर्नुस्, भदौ २६ मा फर्किनुहोस्।’

प्रतिक्रिया