चिरीबाबु भन्छन् –राति प्लेनबाट हेर्दा उज्यालो देखिने सहर ललितपुर हुनेछ


काठमाडौं- ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले रात्रीकालीन अवस्थामा प्लेनमा चढेर भ्यालीमा हेरेमा ललितपुर महानगरपालिका उज्यालो देखिने दाबी गरेका छन् । हिजो(बिहीबार) साँझ  महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएका स्मार्ट सडक बत्ती उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।

उनले रात्रिकालीन दुर्घटना न्यूनिकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेण्डर आह्वान गर्ने बताएका छन् । सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए । त्यसमा विद्युत प्राधिकरणले १ करोड २० लाख सहयोग गर्दा कूल ४ करोड २० करोड बत्तीका लागि बजेट पुगेको मेयर महर्जनले जानकारी दिए ।

‘काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुनेछ । रात्रीकालीन अवस्थामा प्लेनमा चढेर उज्यालो काठमाडौं भ्यालीमा देख्नुभयो भने त्यो ललितपुर महानगरपालिका हो’ उनले उद्घाटन कार्यक्रममा भने ।

महानगरले पहिलो चरणमा ६६९ र दोस्रो चरणमा १४ सय थान सडक बत्ती जडान गरिसकेको छ ।

 

प्रतिक्रिया