रास्वपाका सबै सांसद केन्द्रीय समितिमा मनोनीत


महाेत्तरी – राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद केन्द्रीय समितिमा मनोनीत भएका छन् । महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई मनोनीत गरेको हो ।

रास्वपाको ३९ सदस्यीय केन्द्रीय समितिमा यसअघि ६ सांसद मात्रै थिए । अब बाँकी १४ सांसद पनि केन्द्रीय समितिमा मनोनीत भएका छन् ।

सांसदहरू स्वर्णिम वाग्ले, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, मनीष झा, डा. तोसिमा कार्की, हरि ढकाल, सन्तोष परियार, विनिता कठायत, शिव नेपाली, निशा डाँगी,  डा. चन्दा कार्की, लक्ष्मी तिवारी, अशोक चौधरी र असिम शाह  केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।

यससँगै रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय भएको छ । यसअघि केन्द्रीय सदस्य रहेका ढाकाकुमार श्रेष्ठ तथा मोहन थापा हाल केन्द्रीय समितिमा छैनन् ।

प्रतिक्रिया