भोलिबाट तिनकुनेमा प्रदर्शन गर्दै दुर्गा प्रसाईं


काठमाडौं – दुर्गा प्रसाईंले भोलि (शुक्रबार)बाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।

पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रवारबाट युवा विद्यार्थीले बिहीबार प्रदर्शन गरेको स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।

प्रसाईं नेतृत्वले बल्खुमा बिहीबार गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक–पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । झडप भएपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको थियो ।

बल्खुमा आफू समर्थकलाई सम्बोधन गरेका प्रसाईँले आजै साँझ घरमै पत्रकार सम्मेलन गर्ने तयारी गरेको समेत बुझिएको छ ।

प्रतिक्रिया