सान्दर्भिक निर्माण सेवा बन्यो भक्तपुरकै उत्कृष्ट उद्योग, कर कार्यालयले गर्यो पुरस्कृत


भक्तपुर – राष्ट्रिय कर दिवसको अवसरमा भक्तपुर जिल्लाभरबाट सान्दर्भिक निर्माण सेवा प्रालि पुरस्कृत भएको छ ।

कर दिवसका अवसरमा भक्तपुरकाे सूर्यविनायक ८ मा सञ्चालित उक्त उद्योग भक्तपुर कार्यक्षेत्र रही उद्योग क्षेत्रबाट सबैभन्दा आयकर दाखिला गरेबापत आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट पुरस्कृत भएको हो ।

कम्पनीले आर्थिक  वर्ष २०७९/८० मा ६७ करोड ३१ लाख ८३ हजार ७ सय १८ रुपैयाँको कारोबार गरी १ करोड ४८ लाख ३३ हजार ६ सय ५ रुपैयाँ कर दाखिला गरेको थियो ।

आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख दिलीप कुमार गौतमको उपस्थितिमा कम्पनीका सञ्चालक नविन बस्नेतलाई प्रमाणपत्रसहित सम्मानित गरिएको थियो ।

प्रतिक्रिया