

शिक्षकलाई खुशीको खबर, जिल्लान्तर सरुवा हुन पाइने (परिपत्रसहित)

काठमाडौं – नेपालमा कार्यरत सरकारी शिक्षकहरु जिल्लान्तर सरूवा हुन पाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरिदिएको हो ।
विभिन्न शर्तहरूको अधिनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।
जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने उल्लेख छ।
केन्द्रका अनुसार स्थायी पदपूर्तिको लागि शिक्षक सेवा आयोगमा सिफारिस गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति गर्न पाइँदैन ।

