विश्वकप क्रिकेट फाइनल पुग्न अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै


एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै छन् ।

यो खेल इडेन गार्डेनमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । आजको खेल जित्ने टोलीले उपाधिका लागि घरेलु टोली भारतसँग खेल्नेछ ।

हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।

अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदै र अष्ट्रेलिया तेस्रो स्थानमा रहेर अन्तिम ४ मा पुगेको हो । फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।

प्रतिक्रिया