मुगु हत्याकाण्ड: मामाका छोरासहित २ जना पक्राउ


काठमाडौं – एकै परिवारका ४ जनाको हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन ।

यहीँ कात्तिक ८ गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २६ वर्षीय गोपाल बोहरा र बाँके कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही छन् । गोपाल श्रीदेवीको आफ्नै मामाका छोरा हुन् भने गोरखबहादुर पनि नातेदार नै हुन् । गोपाल यसका मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आज दिउँसो सार्वजनिक गर्ने तयउारी भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । लुटपाटको उद्देश्यले हत्या भएको भनिएपनि घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी प्रहरीले दिएको छैन ।

मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिक हत्या गरिएको थियो ।

प्रतिक्रिया