पत्रकार पाण्डे पुरस्कृत


काठमाडौं – नेपाल पर्वतारोहण संघ (एनएमए)  ले आफ्नो ५०औं स्थापना दिवस एवं स्वर्णजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा पत्रकार मधुजंग पाण्डेलाई पुरस्कृत गरेको छ ।

साढेदुई दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका पाण्डेलाई विशेषगरी पर्यटन विद्यामा कलम चलाएर सञ्चारकर्मको माध्यमबाट मुलुकको पर्वतीय पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उत्कृष्ट योगदानको मूल्यांकनस्वरूप संघले ‘स्वर्गीय दावा नोर्बु पर्वतारोहण पत्रकारिता अवार्ड’ प्रदान गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई सो अवार्ड प्रदान गरेका हुन् । संघले पुरस्कार छनोट समितिले गरेको निणर्यअनुसार बुधबार सो अवार्ड प्रदान गरिएको जनाएको छ । पाण्डे हाल राजधानी दैनिक पत्रिकाका वरिष्ठ उपसम्पादकका रुपमा कार्यरत छन् ।

यसैगरी, संघले  सोहि स्थापना दिवसको अवसरमा  संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, जिम्बाजाङबु शेर्पा, नाराका अध्यक्ष शिव अधिकारी लगायत लाई सम्मान गरेको थियो। सो अवसरमा संघले  विविध कार्यकम गरेको छ ।

प्रतिक्रिया