
नेपालको पारि धर्मरायो, गुमायो कप्तान रोहित पौडेलेको विकेट
काठमाडौं – ओमानविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
नेपालका कप्तान रोहित पौडेल १२ रनमा आउट भएपछि नेपालको पारी संकटमा परेको हो ।
नेपालका प्रारम्भिक क्रमका सबै ब्याट्सम्यान आउट भएका छन् । अहिले नेपालका कुशल मल्ल र सन्दीप जोरा ब्याटिङमा रहेका छन् ।
नेपालले पहिलो विकेटका रुपमा आशिफ शेख र त्यसपछि क्रमशः सोमपाल कामी, कुशल भुर्तेल र रोहित पौडेललाई गुमाएको हो ।
नेपाल अहिले ८ ओभरमा ५६ रन बनाएर १४६ रनको लक्ष्य पछ्याएर खेलिरहेको छ ।



कागजपत्र |
