नेपालले गुमायो तेस्रो विकेट


काठमाडौं — ओमानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालका दुवै ओपनर आशिफ शेख, कुशल भुर्तेल र सोमपाल कामी आउट भएका हुन् ।

कुशल २६ रन बनाएर आउट हुँदा सोमपाल कामीले १२ रन बनाए भने आशिफ शेख ५ रनमा आउट भए ।

अहिले नेपालका लागि कुशल मल्ल र कप्तान रोहित पौडेल ब्याटिङका लागि मैदानमा रहेका छन् ।

नेपाल अहिले ६ ओभरमा ४६ रन बनाउँदा ३ विकेट गुमाएर खेलिरहेको छ ।

सोमपाल कामी १२ रन र कुशल भुर्तेल २६ रन आउट भएका हुन्।  यस्तै, ओपनर आशिफ शेख ५ रन बनाएर आउट भएका हुन्।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए। निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा आउट भए।

नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए।  अविनाश बोहोरा र गुल्सन झाको नाममा एक एक विकेट रह्यो।

 

प्रतिक्रिया