

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं – नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा भर्ना खुलाएको छ ।
नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो ।
जारी सूचनाका अनुसार जनपद प्रहरी समूह तर्फ इन्स्पेक्टर र प्रहरी सहायक निरीक्षक पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि भर्ना खोलेको छ ।
आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

