खाद्यले सुरु गर्‍यो खसी, बोका र च्याङ्ग्रा बिक्री


काठमाडौं – दशैंका लागि आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गरिने भएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले आजदेखि सहुलियतमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्न लागेको हो ।

धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा आज बिहान काठमाडौं ल्याइने र आजैबाट बिक्री सुरु गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले खसी, बोका र च्याङ्ग्रा वाग्मती प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री गर्नेछ ।

कम्पनीले यसवर्ष खसी, बोका र च्याङ्ग्रा खरिदका लागि ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, पशु सेवा विभागले आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरेर चिह्न लगाउन शुरु गरेको छ ।

प्रतिक्रिया