

मनाङ एयर निलम्बित

काठमाडौं – तीन महिनाको फरक दुई हेलिकोप्टर दुर्घटना भएपछि मनाङ एयर निलम्बनमा परेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयर हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ।
लुक्लाबाट उडेको ‘एन–एएनजे’ कलसाइन भएको मनाङ एयरको हेलिकप्टर आज खुम्बुपासाङल्हामु गाउँपालिकाको लोबुचेमा दुर्घटना भएको थियो। आजको दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
सो दुर्घटनापछि प्राधिकरणले मनाङ एयरको एओसी निलम्बन गरेको हो।
यसअघि जुलाइ ११ मा मनाङको ‘नाइनएन एएमभि’ कलसाइन हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना भएको थियो।

