डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


काभ्रे – काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो १ बजे रोशी गाउँपालिका-११ माम्दीस्थित बिपी राजमार्गमा बनेपाबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो।

बा ९६ प ९२६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर नालीमा खसेको थियो। दुर्घटना हुँदा मोटरसाइकल चालक बनेपा नगरपालिका-१० जनागाल बस्ने अन्दाजी २५ वर्षीय सर्वेश्वर हुमागाई घाइते भएका थिए।

घाइते भएका उनलाई धुलिखेल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा सवा २ बजे मृत्यु भएको हो।

प्रतिक्रिया