दोलखा सुन बरामदः तस्करी गिरोहका मुख्य व्यक्ति चिनियाँ नागरिक आगर पक्राउ


काठमाडाैं – दोलखाको लामाबगर नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उक्त तस्करी प्रकरणका नाइके चिनियाँ नागरिक तासी दावा भन्ने आगर लामालाई पक्राउ गरेको हो।

उनी सुन तस्करी गराउन लगाउने प्रमुख व्यक्ति भएको सिआइबीका एसपी नवराज अधिकारीले बताए। लामा स्वयम्भूको किमडोलमा बस्दै आएका थिए।

उनको समूहले तस्करी गरेको ११ केजी सुन दोलखा प्रहरीले बरामद गरी अनुसन्धान गरिरहेको छ। जसमा यसअघि आठजना पक्राउ परिसकेका छन्।

 

प्रतिक्रिया