लगातारको भूकम्पको धक्का महसुसपछि अस्पतालको प्रांगणमै सुत्केरी गराइयो


धनगढी – बझाङलाई लगातार केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महशुस भएको छ ।

बझाङ केन्द्र भएर मंगलबार दिउँसो दुई पटक भूकम्प गएपछि गर्भवती महिलालाई अस्पताल भवन बाहिरै सुत्केरी गराइएको छ।

जिल्ला अस्पताल बझाङको प्राङ्गणमा एक महिलाको सुत्केरी गराइएको हो।

२ बजेर ४० मिनेटमा बझाङको तिलकोट केन्द्रविन्दु बनाएर ५.३ म्याग्नेच्युड र ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो।

भूकम्पबाट घर तथा विद्यालयहरूमा क्षति पुगेको छ।

प्रतिक्रिया