भूराजनीतिले देशको अवस्था पेचिलो र जटिल बन्दै छ : माओवादी केन्द्र


काठमाडौं – नेकपा माओवादी केन्द्रले भूराजनीतिक अवस्थाले गर्दा देशको अवस्था पेचिलो बन्दै गएको बताएको छ।

आज (आइतबार) पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल अवस्थामा रहेको बताएका हुन्।

उनले सबै मिलेर मेहन गर्ने हो भने देखिएको समस्या समाधान हुने बताउँदै उनले अहिले चुनौती भन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै चुनौतिमै सम्भावनाका ढोका खुल्ने जिकिर गरे।

उनले पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको दाबी गरे। उनले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिरहेको बताए।

पूर्वसभामुख सापकोटाले सरकार जनताका आवाज सुन्न तत्पर रहेको पनि बताए।

प्रतिक्रिया