फरार अभियुक्त पक्राउ


काठमाडौं – भन्सार ऐन २०६४ अन्तर्गतको कसुर र संगठित अपराध मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बिगु गाउँपालिका-१ का राज तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौंको वनस्थलीबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाको आग्रहमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । थप अनुसन्धान एवम कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको जनाइएको छ ।

प्रतिक्रिया