पत्रकार घिमिरेको ‘खेल अन्तर्य’ सार्वजनिक


काठमाडाैं – खेल पत्रकार मनोज घिमिरेले लेखेको ‘खेल अन्तर्य’ बिहीबार सार्वजनिक गरेको छ ।

राजधानीमा आयोजित एक विशेष कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरेले पुस्तकको विमोचन गरे । सो अवसरमा वरिष्ठ पत्रकार युवराज घिमिरे र तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए । यसै गरी वरिष्ठ पत्रकार गोविन्द लुइँटेलले पुस्तकको बारे प्रकाश पारेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि घिमिरेले खेलकुदका सकारात्मक र नेपालमा रहेको विकृति दुवै पक्षको बारे उजागर पार्नु पर्ने विचार व्यक्त गरेका थिए ।

यसै गरी लुइँटेलले पुस्तकमा नेपाली खेलकुदमा नेपाली खेलकुदको विकृतिको पक्षमा उल्लेख गरिएको बताउँदै अझ सशक्त लेखनका लागि शुभकामना दिए ।

यसै गरी श्रेष्ठले घिमिरे अन्यायमा परेका खेलकर्मीको आवाज बोल्ने पत्रकार भएको प्रतिक्रिया दिए ।

पुस्तकमा नेपाली खेलकुदको समालोचना गरिएको छ भने केही अन्तर्राष्ट्रिय खेलकुदका फिचर र नेपाली खेलकुदमा महत्त्वपूर्ण योगदान भएका तथा सङ्घर्षशील व्यक्तिको बारे उल्लेख गरिएको छ । पुस्तकमा यस अघि लेखकले राजधानी दैनिक, सौर्य दैनिक, खबरहबडटकम र द नेपालटप दैनिक लगायत सञ्चार माध्यममा लेखेका सामग्री समावेश गरिएका छन् ।

पुस्तकमा नेपाली खेलकुदमा बाहिर छरिएका भ्रम र आन्तरिक यथार्थका बारे उल्लेख गरिएको छ । गौतम ब्याडमिन्टन ट्रेनिङ सेन्टरमा आयोजित कार्यक्रमको कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरले व्यवस्थापन गरेको थियो । कार्यक्रम फिटनेस पार्क ट्रेनिङ सेन्टरका व्यवस्थापक राम त्रिपाठीको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया