करिव १३ अंकले बढ्यो नेप्से, साढे ६ अर्ब माथिकाे कारोबार


काठमाडौं – नेप्से १२ दशमलव ५६ अंकले बढेर २५९९ दशमलव ०७ को विन्दुमा कायम भएको छ ।  आइतबार २ सय ४ सय वटा कम्पनीको १ करोड ६७ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको छ।

आज आइएमई जनरल इन्स्युरेन्स कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लगायतका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाए भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्यमा गिरावट आयो। निफ्राको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३२ रुपैयाँले घटेर ५६२ रुपैयाँ कायम भएको छ।

बुधबार नेपाल इन्फ्राष्ट्रक्चर बैंकको कारोबारमा समस्या आउदा नेप्से परिसूचकमै तलमाथि भएको थियो। नेप्सेको प्रणालीले इन्फ्राको शेयरलाई १०० प्रतिशतले बढेको देखाइदिए पछि समस्या देखिएको हो।

प्रतिक्रिया