

कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा जारी

काठमाडाैं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसेको छ।
केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा केन्द्रीय सदस्यहरूले महासमिति बैठकलगायत विभिन्न विषयमा धारणा राखिरहेका छन्। कांग्रेसले मंसिरमा महासमिति बैठक गर्दैछ।
गत असोज ४ गतेदेखि कांग्रेसले केन्द्रीय समिति बैठक सुरू गरेको थियो।

