

मोबाइल बैङ्किङबाट ६ लाख ठगी गर्ने पक्राउ, यसरी झिके अर्काको खाताको रकम

काठमाडौं – मोबाइल सेवा प्रदायक कम्पनीबाट सिमकार्ड आफ्नो नाममा नामसारी गरी ६ लाख दुई हजार ५४८ रुपियाँ ठगी गर्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पीडितको मोबाइल नम्बर नामसारी गरी सोही नम्बरबाट मोबाइल बैङ्किङ एक्टिभ गरेर पीडितको बैङ्क खातामा पहुँच पु¥याएर दिवालीले सो रकम ठगी गरेका हुन् ।
स्थायी घर काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नम्बर ६ भई हाल काठमाडौँको गोकर्णेश्वरमा बस्ने दिवालीलाई प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

