एसिया कप फाइनल : श्रीलंका ५० रनमा अलआउट


काठमाडौं  – एसिया कपको फाइनलमा श्रीलंका ५० रनमा अलआउट भएको छ । कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै अलआउट भयो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए । ओडिआई करियरमा सिराजको यो उत्कृष्ट बलिङ फिगर हो । हार्दिक पान्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

श्रीलंकाले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो । डिफेन्डिङ च्याम्पियन श्रीलंका यस संस्करणको समेत उपाधि जितेर सातौं पटक विजेता बन्न चाहन्छ ।

एसिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

 

प्रतिक्रिया