संविधान सभाबाट संविधान बन्नुमा सुवास नेम्वाङको अहम् भूमिका : गगन थापा


काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान सभा अध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको अहम् भूमिकाका कारण दोस्रो संविधान सभाबाट संविधान बनेको बताएका छन् ।

आज मङ्गलवार दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले संविधानसभा अध्यक्ष नेम्वाङको संविधान बनाउने दृढताका कारण नै संविधानसभाबाट संविधान बन्न सकेको बताएका हुन् । उनले नेम्वाङले त्यस बेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

महामन्त्री थापाले नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि उल्लेख गरे। २०६२र०६३ सालको आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरूसँग संवाद गरेर काम गरेको र उनी साझा व्यक्तिको रूपमा स्थापित भएको बताए । नेम्वाङले आफूलाई संसदमा कमी, कमजोरी हटाउन सिकाउने गरेको थापाको भनाइ छ ।

प्रतिक्रिया