सन्दीपको मुद्दामा फेरी पीडितको जन्ममितिको कागजात मगाउने आदेश


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको छ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासले उक्त आदेश दिएको हो। आज सरकारी वकिल सुरवीर परियारले बहस गरेका थिए। यसका साथै पीडितका पक्षबाट पनि मोहना अन्सारी, नारायण चौलागाईंले बहस गरेका थिए।

आजको समय सकिएपछि न्यायाधीश कार्कीले भोलिका लागि सार्न प्रस्ताव गरे पनि सन्दीपका वकिल सरोज घिमिरेले भने बसाइँ सरी गएको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुनसक्ने भन्दै त्यो कागजात मगाउन माग गरे।

त्यसपछि न्यायाधीश कार्कीको इजलासले फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको हो।

प्रतिक्रिया